नियम
प्रदर्शनको निमित्त इजाजतपत्र

 

(१) रंगशालामा कुनै प्रकारको प्रदर्शन गर्न गराउन चाहने व्यक्तिले आफ्नो स्पष्ट विवरणसाथ निम्नलिखित कुराहरू र प्रदर्शन गरिने अवधि र समय समेत खुलाइ तोकिएको अधिकारी समक्ष सो प्रदर्शन गर्नु गराउनु कमसेकम ७ दिन अगाडि रीत पूर्वकको दरखास्त पेश गर्नु पर्छः–

(क) राष्ट्रिय स्वास्थ्य समृद्धिको लागि वा सास्कृतिक उत्थानको लागि टिकट लगाई वा नलगाई प्रदर्शन गरिने, वा
(ख) अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगी सदस्य स्वरुप नेपाली रंगशालालाई उपयोगी तुल्याउन प्रदर्शन गरिने,
(ग) सार्वजनिक संस्था वा सामाजिक कार्यको निमित्त कोषमा आम्दानी जम्मा गर्नलाई प्रदर्शन गरिने, वा
(घ) व्यवसाय वा मनोरञ्जनको निमित्त टिकट लगाई प्रदर्शन गरिने ।

(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा नियम ४ को अधीनमा तोकिएको अधिकारीले रंगशालामा प्रदर्शन गर्न पाउने काम कुरा र त्यसको अवधि र समयसमेत तोकी दरखास्तवालालाई अनुसूचीमा तोकिएको ढाँचाको इजाजतपत्र दिन सक्नेछ ।